नियम ८७
बिदा दिने अधिकारी
: (१) कार्यालय प्रमुखले भैपरी आउने बिदा वा विरामी विदा वस्नु पर्ने भएमा विदा वसी तालुक कार्यालयबाट स्वीकृत गराउनु पर्नेछ ।
(२) प्रहरी निरीक्षक र सोभन्दा माथिल्लो अधिकृत कार्यालय प्रमुख रहेको कार्यालयका अन्य कर्मचारीलाई सबै किसिमको बिदा र प्रहरी निरीक्षक र सोभन्दा माथिल्ला अधिकृतलाई भैपरी आउने बिदा, बिरामी बिदा र क्रिया बिदा सोही कार्यालय प्रमुखले दिन सक्नेछ ।
(३) प्रहरी निरीक्षक र सोभन्दा माथिल्लो प्रहरी अधिकृतलाई घर बिदा एक तहमाथिको कार्यालय प्रमुखले दिन सक्नेछ ।
(४) अन्य प्रहरी कर्मचारी कार्यालय प्रमुख रहेको कार्यालयको कर्मचारीलाई घर बिदा बाहेक अरू बिदा सोही कार्यालय प्रमुखले र घर बिदा एक तहमाथिको कार्यालय प्रमुखले दिन सक्नेछ ।
(५) प्रहरी प्रधान कार्यालयको प्रहरी निरीक्षक र सो भन्दा माथिल्लो प्रहरी अधिकृतलाई भैपरी आउने र बिरामी बिदा सम्बन्धित शाखा प्रमुखले र अरू बिदा प्रहरी महानिरीक्षक वा निजले तोकेको अधिकारीले दिन सक्नेछ ।
(६) प्रहरी कमचारीको अध्ययन बिदा प्रहरी प्रधान कार्यालयको सिफारिसमा नेपाल सरकारले स्वीकृत गरे बमोजिम हुनेछ ।